Sat. Jul 27th, 2024

बर्ड फ्लू: भाइरसको त्रासको कारण भारतमा हजारौँ पन्छी मारिँदै

काठमाडौं, २०७७ पुस २२ गते बुधबार

भारतका विभिन्न ठाउँमा हाँस र कागमा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ।

विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए।

भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

यसैबीच सङ्घीय सरकारले ‘उच्च सतर्कता’ जारी गर्दै फ्लू फैलिन नदिनका लागि ‘आपत्कालीन उपायहरू’ अपनाउन भनेको छ।

मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ।

कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

विविसीका अनुसार उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको छ। त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ।

मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कागहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्।

Facebook Comments