Tue. May 19th, 2026

गोरखामा पूर्वप्रधानमन्त्री डा. भट्टराईको उम्मेदवारी फिर्ता   

       

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिनुभएको छ ।

गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा. भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिनुभयो । उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं. १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं. १ मा अब १२ जना र क्षेत्र नं. २ मा १३ जना उम्मेदवार कायम भएको छ । रासस

Facebook Comments