Mon. May 20th, 2024

काठमाडौंको वायु प्रदूषण उच्च,बाहिर ननिस्कन चिकित्सकको आग्रह

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च रहेको बिज्ञले औल्याएका छन् केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिजो र आज मौसम खुल्न सकेको छनै भने हुस्सु र तुवालोले गर्दा भिजिबिलिटि समेत कम भएको छ ।

काठमाडौमा वायु प्रदुषणले खतराको तहनै पार गरेको चिकित्सकले जनाएका हुन् । एक्वुआई ५० सम्म हुनु राम्रो मानिने भएपनि ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिने बिज्ञले जनाएका छन् । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।

तर काठमाडौको एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको छ । यो स्वास्थको लागी एकदमै घातक हो । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव भोलि सम्मै रहने बताएको छ । काठमाडौं यही अवस्थामा रहने भएकाले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।

Facebook Comments