२०८३ भाद्र १०, बुधवार

काठमाडौंको वायु प्रदूषण उच्च,बाहिर ननिस्कन चिकित्सकको आग्रह

       

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च रहेको बिज्ञले औल्याएका छन् केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिजो र आज मौसम खुल्न सकेको छनै भने हुस्सु र तुवालोले गर्दा भिजिबिलिटि समेत कम भएको छ ।

काठमाडौमा वायु प्रदुषणले खतराको तहनै पार गरेको चिकित्सकले जनाएका हुन् । एक्वुआई ५० सम्म हुनु राम्रो मानिने भएपनि ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिने बिज्ञले जनाएका छन् । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ ।

तर काठमाडौको एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको छ । यो स्वास्थको लागी एकदमै घातक हो । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव भोलि सम्मै रहने बताएको छ । काठमाडौं यही अवस्थामा रहने भएकाले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।

Facebook Comments