निर्वाचन आयोगले दियो गगन थापा पक्षको कांग्रेसलाई आधिकारिकता
भिओके समाचार/काठमाण्डू । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ ।
आज साँझ बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको यो निर्णय अमान्य भएको कांग्रेसको देउवा पक्षले बताएको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय विरुद्ध सबै किसिमबाट विरोधका कार्यक्रम ल्याउने बताउनु भएको छ ।
यता गगन थापा पक्षमा भने आयोगको यो निर्णयपछि खुसियाली छाएको छ ।
Facebook Comments

