Wed. May 6th, 2026

‘बायोमेडिसिन’ अनुसन्धानका लागि चीनको वैज्ञानिक पत्रिका शुरू

       

पैचिङ । चीनले ‘बायोमेडिसिन’ क्षेत्रमा ‘विटा’ नामक नयाँ अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिका सन् २०२६ मा सुरु गर्न लागेको वेस्टलेक विश्वविद्यालयले शनिबार जनाएको छ ।

‘विटा’ शब्द ल्याटिनबाट आएको हो, र यसको अर्थ ‘जीवन’ हो । पत्रिकाका मुख्य सम्पादक ली डाङशेङका अनुसार यसले बायोमेडिसिनसँग सम्बन्धित अनुसन्धान प्रकाशित गर्नेछ र विश्वभरका वैज्ञानिकहरूको लागि खुला हुनेछ ।

पत्रिकाको तयारी द्रुत गतिमा भइरहेको छ । पत्रिकाका लेखहरू सन् २०२६ को पहिलो त्रैमासिकमा अनलाइन उपलब्ध हुनेछन्, जबकि प्रिन्ट संस्करण जूनमा प्रकाशित हुनेछ ।

वेस्टलेक विश्वविद्यालयका अध्यक्ष शी यिगोङ्गले भन्नुभयो, “चीन नेतृत्वमा विश्वस्तरीय वैज्ञानिक पत्रिका स्थापना गर्नु आवश्यक र तत्काल जरुरी छ ।”

विटा पत्रिकाले कडा मापदण्ड अपनाएर अनुसन्धान प्रकाशित गर्नेछ र विश्वसनीय जानकारी दिनेछ । यो पत्रिका हायर एजुकेशन प्रेस र वेस्टलेक विश्वविद्यालयको सह-स्थापना हो र लाइफ साइन्स ओपन एलायन्ससँग साझेदारीमा सञ्चालन हुनेछ । सिन्ह्वा

Facebook Comments