Thu. May 21st, 2026

नेपाल-युएई आर्थिक सहकार्य विस्तारमा जोड   

       

काठमाण्डू । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल-यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो ।

अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक क्षेत्रको विस्तारमा फलदायी हुने बताउनुभयो । रासस

Facebook Comments