Sun. Sep 8th, 2024

प्रचण्ड-माधव समूहद्वारा संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइएकाे पत्र दर्ता

मुख्यमन्त्री शेरधन राई

काठमाडौं, २०७७ पुस १६ गते बिहीबार

नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सार्दै राईलाई हटाएको हो ।

कानूनी रुपमा विभाजन नभइसकेको नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता गरिएको छ ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको दावी छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । अविश्वासको प्रस्तावमा ३७ जनाले राईविरुद्ध हस्ताक्षर गरेकाको बैठकमा भने ३६ जना मात्रै उपस्थित थिए ।

Facebook Comments