Sat. Jul 27th, 2024

सूर्य चिन्हमा प्रचण्ड-नेपाल समुहको दाबी पुग्दैनः बस्नेत

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

नेकपाका युवा नेता महेश बस्नेतले सूर्य चिन्हमा प्रचण्ड-माधव नेपाल समूहको दाबी नपुग्ने बताउनुभएको छ । नेपालगञ्जमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सूर्य चिन्ह चाहिएमा मूलधारमा फर्कन आग्रह समेत गर्नुभयो ।

उहाँले प्रचण्ड-नेपाल समुहले वैधानिक रुपमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको बताउँदै चोर बाटो प्रयोग गरेर हिँडेको बताउनुभयो ।

सरकारलाई घेराबन्दी गरी अनिर्णयको बन्दी बनाएको अवस्थामा बाध्यतावश ताजा जनादेश लिन प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

Facebook Comments