Sat. May 9th, 2026

समानुपातिक तर्फका उम्मेदवारको नामावलीबारे काँग्रेसको बैठकमा छलफल

       

काठमाण्डू । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पार्टीले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेदवारको नामावलीबारे छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समानुपातिक तर्फको १ सय १० जना उम्मेदवार छनौटबारे छलफल भएको र भोली मात्रै अन्तिम रूप दिई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

जिल्ला र प्रदेश तहका समितिहरू बाट सिफारिस भई आएका नामावलीमा आवश्यकता अनुसार प्रदेश र जिल्ला समितिहरूसँग समेत छलफल गरी उमेद्वारको अन्तिम नामावली तयार गर्ने प्रयास भइरहेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।

राससका अनुसार निर्वाचन आयोगले समानुपातिक तर्फका उमेद्वारको बन्द सूची भोलीसम्म बुझाउनुपर्ने गरी निर्वाचन कार्यतालिका तोकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार