Sat. May 18th, 2024

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते शुक्रवार अपराह्न ४:००  बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

Facebook Comments