Wed. Apr 15th, 2026

समाजवादी पार्टी भन्छ : मन्त्री हेरफेर लोकतान्त्रिक मूल्य विपरीत

       

काठमाडौं, २०७६ मंसिर ६ गते शुक्रबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्री हेरफेरलाई समाजवादी पार्टीले लोकतान्त्रिक मूल्य मान्यता विपरीत भनेको छ ।

समाजवादी पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बिहीबार बसेको अनौपचारिक बैठकले मन्त्री हेरफेरको निर्णयलाई सकारात्मक रुपमा लिन नसकिने निश्कर्ष निकालेको छ ।

अनलाईन खवरका अनुसार “मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सरकारमा सहभागी अर्को सत्तासाझेदार पार्टीसँग सल्लाह र सहमति विना भएको निर्णयलाई सकारात्मक रुपमा लिन सकिँदैन । यो लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ” समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भन्नु भयो।

बुधबार प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्‍द्र यादवलाई स्वास्थ्यबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा सार्नु भएको छ । त्यस्तै समाजवादी पार्टीकै नेता सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीबाट हटाउनु भएको छ ।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादव काठमाडौं बाहिर रहेकाले पार्टीले औपचारिक निर्णय भने गरेको छैन । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाबाट र भारत भ्रमणमा रहनु भएका उपेन्द्र यादव शुक्रबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि बैठक बसेर औपचारिक निर्णय गर्ने पाण्डेले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read