Wed. Jan 14th, 2026

एनपिएल : एलिमिनेटरमा काठमाण्डू र लुम्बिनी भिड्दै

       

काठमाण्डू । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाण्डूले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो । रासस

Facebook Comments