Thu. May 2nd, 2024

सबैभन्दा धेरै वर्ष बाँचेको पाण्डा “सिनसिङ”को मृत्यु

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

हालसम्म  सबैभन्दा धेरै वर्ष बाँचेको पाण्डा “सिनसिङ”को मृत्यु भएको छ ।

चीनको दक्षिण पश्चिमी शहर छोङछिङ स्थित छोङछिङ चिडियाखानाले डिसेम्बर २१ तारिखका दिन दिएको जानकारी अनुसार हालसम्म संरक्षित पाण्डाहरूमा सबैभन्दा धेरै समयसम्म बाँचेको पाण्डा ‘सिनसिङ’ को डिसेम्बर ८ तारिखका दिन ३८ बर्ष ४ महिनाको उमेरमा मृत्यु भएको हो ।

पाण्डा वा ठूलो पाण्डा Ursidae परिवार अंतर्गत पर्ने जनावर हो, जुन चीनको मध्य-पश्चिम तथा दक्षिण-पश्चिम क्षेत्रमा पाइन्छ। पाण्डाको मुख्य आहारा बाँस भएपनि यसले अन्य घाँसपात, जंगली कन्दमुल तथा स-साना जन्तु तथा पंक्षीहरूको मासु पनि खाने गर्छ।

पाण्डा अत्यन्त लजालु र दूर्लभ बन्यजन्तु मध्येको एक हो । चीनको सछुवान प्रान्तलाई पाण्डाको राजधानी पनि भनिन्छ ।

Facebook Comments