Fri. May 17th, 2024

बालुवाटारमा प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच भेटघाट

फाईल तस्विर

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

गृहमन्त्री रामबहादुर थापा (बादल)ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गर्नुभएको छ। उहाँहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्नु भएको छैन। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ।

अन्नपूर्ण पोष्टका अनुसार यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गर्नु भएको थियो। भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दावी गर्नु भएको थियो ।

मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा बादल सहभागी हुनुभएन । मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी जानु भएको थियो ।

गौतमले पनि अब कुन समूहमा जाने भन्ने बारे स्पष्ट गर्नु भएको छैन ।

Facebook Comments