Mon. May 25th, 2026

सशस्त्रको प्रवक्तामा डिआइजी थापा   

       

काठमाण्डू । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापालार्ई तोकेको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुभएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालार्ई आजबाट सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments