Thu. May 2nd, 2024

बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोगमा विशाल शक्ति

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

चीन र नेपालले सन् २०१७ मेइ महिनामा बेल्ट एण्ड रोड सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरेर बीआरआई अन्तर्गत परियोजना निर्माणमार्फत दुई मुलुकको आपसी सम्पर्कलाई गहन पार्दै रणनैतिक साझेदारी सम्बन्धलाई सबल पारेका छन्।

तीन वर्षयता दुई पक्षले सक्रिय रूपमा अन्तर हिमालय त्रिआयाम सम्पर्क सञ्जालको स्थापना गर्दै निरन्तर रूपमा रेलवै, राजमार्ग, नाका, उडान, सुचना, सीमा पार गर्ने ढुवानी आदि क्षेत्रको सहयोगलाई सबल पार्दै आएका छन्। यस वर्ष कोरोना भाइरसको प्रभावमा, चीन र नेपालले बीआरआई प्रारूपमा निर्माण र मर्मत गरिएका राजमार्ग र रेलवैबाट एक आपसमा चरणबद्ध कोभिड-१९ विरूद्ध सामग्री पठाएर आपसी समर्थन र मद्दत गर्ने मित्रता पनि देखाइएको छ।

यही डिसेम्बर १८ तारिख बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय शिखर सम्मेलन सल्लाहकार समितिको भिडियोमार्फत् बैठक आयोजना भएको छ। चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले सो बैठकलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनमा वाङ यीले यस वर्ष बीआरआईले महामारीको प्रतिरोध गर्दै आर्थिक क्षेत्रलाई स्थिर बनाउन र जनधनको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

हाल महामारीको अवस्था र आर्थिक अवस्था ठप्प भएको पृष्ठभूमिमा विभिन्न मुलुकका जनतासमक्ष डर र त्रास देख्नुका साथै विश्व व्यावसायिक श्रृंखला तथा आपूर्ति श्रृंखलामा आघात परेको छ र अन्तर्राष्ट्रिय व्यापार र लगानी खुम्चिएको छ साथै विश्व अर्थतन्त्र ठप्प भएर एकपक्षीयतावाद र संरक्षणवादको डाँवाडोल अवस्था देखिएको छ। तर यस्तो अवस्थामा पनि बीआरआईका विभिन्न सदस्य राष्ट्रको श्रृंखलाबद्ध परियोजनामा आफ्नो मुलुकको विकासलाई अघि बढाउने आवश्यक्तामा परिवर्तन भएको छैन, विभिन्न सदस्य राष्ट्रले बीआरआईमा दिएको समर्थनमा परिवर्तन छैन, साथै चीनले बीआरआई अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने संकल्पमा पनि कुनै परिवर्तन छैन।

महामारी प्रभावित विश्व अर्थतन्त्रमा नयाँ जीवन्त शक्ति चाहिन्छ, डिजिटल सिल्क रोड आगामी चरणको बीआरआई निर्माणको मुख्य क्षेत्रमध्येको एक हो। चीनले ‘विश्व डिजिटल सुरक्षा प्रस्ताव’ प्रस्तुत गरी विभिन्न मुलुकसँग शान्ति, सुरक्षा,खुलापन र सहयोगात्मक इन्टरनेट अन्तरिक्षको स्थापना गर्ने प्रयास गर्ने छ। चीनले विभिन्न साझेदारीसँग डिजिटल अर्थतन्त्रको नयाँ संसारको सिर्जना गर्ने तथा आर्थिक विकासको नयाँ इन्जिनको खोज्ने इच्छा लिएको छ।

हाल बीआरआई साझेदारसमक्ष सबैभन्दा जरूरी कार्यभार भनेको एकबद्ध रूपमा महामारीलाई जित्ने हो। महामारी विरूद्ध खोप आगामी चरणमा अन्तर्राष्ट्रिय महामारी विरूद्धको मुख्य विषय हो। चीनले विश्व स्वास्थ्य संगठनले प्रस्तावित गरेको ‘कोरोना भाइरस विरूद्ध खोपको लागू योजना’ मा सहभागी भएको छ। खोप उत्पादक चिनियाँ व्यवसायले बीआरआई साझेदार मुलुकमा संचालन गर्दै आएको तेस्रो चरणको परीक्षणमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। खोप उत्पादन भएपछि बीआरआई साझेदार मुलुक यसबाट लाभान्वित हुने छ। सीआरआई

Facebook Comments