Sat. Jul 27th, 2024

बालुवाटर भेलामा ओलीले भन्नुभयो: “ताजा जनादेश मेरो रहर होइन”

KP-Sharma-Oli-

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताउनु भएको छ । आफ्नै सरकारी निवास बालुवाटारमा आफु निकट सांसदहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ताजा जनादेश मेरो रहर होइन ।

पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको ओलीले बताउनु भयो ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गर्नुभयो ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’ अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उहाँले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताउनु भयो ।

Facebook Comments