Sat. Jul 27th, 2024

खुमलटारमा सम्पन्न ओली-प्रचण्ड भेटवार्ता अर्थपूर्ण

काठमाडौं, २०७७ पुस ४ गते शनिबार

पार्टी विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार सम्पन्न भेटवार्ता अर्थपूर्ण रहेको बताईएको छ ।

प्रधानमन्त्री ओली नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको जानकारी दिए पनि उहाँहरुबीच कुन कुन विषयमा छलफल भयो बताउनु भएको छैन । खुमलटार श्रोत भन्छ, संबैधानिक परिषद् सम्बन्धि नयाँ अध्यादेश र अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीले गर्नु भएको आलटालबाट त्रसित हुनुभएका कार्यकारी अध्यक्ष प्रचण्डलाई उहाँकै निवासमा गएर भेट्नु औपचारिकता मात्र नभएर सो विषयमा आफु पनि गम्भिर भएको देखाउन ओली त्यहाँ पुग्नु भएको प्रस्ट छ ।

छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको भएपनि उहाँलाई केही ढिलो मात्र बोलाईएको थियो । गौतम शुक्रबार पेरिसडाँडामा सम्पन्न दाहाल-नेपाल पक्षको भेलामा भने सहभागी हुनु भएको थिएन । श्रोत भन्छ ओली र प्रचण्ड पक्षधरहरुबीचको फाटेको मन सिलाउन गौतमले नै भेटघाटको चाजोपाँजो मिलाएको हुनसक्ने संभावनालाई इन्कार गर्न मिल्दैन । पार्टी एकताको पक्षमा निर्भिक भएर वहस गर्ने गौतमको स्वभावले पनि सो कुरालाई पुष्टि गरेको छ भन्दा फरक नपर्ला ।

Facebook Comments