Sat. Jul 27th, 2024

माओवादी केन्द्रको नेवा ताम्सालिङ प्रदेश भेला सम्पन्न

काठमाडौं, २०७७ पुस ४ गते शनिबार

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को नेवा ताम्सालिङ प्रदेश भेला शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अनामनगरस्थित संवाद डबलीमा सम्पन्न सो भेलाले प्रकाश दाहालको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति सर्बसहमतिले चयन गरेको छ ।

सो नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी‘शुशिल’ले वर्तमान सत्ता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुबैमा देश र जनताप्रति उत्तरदायीत्वको भावना नभएको आरोप लागाएका लगाउनु भयो । सत्तासिन पार्टी(नेकपा) भित्र चरम गुटबन्धी र सत्ताको लुछाचुँडी रहनु र नेपाली काँग्रेसमा प्रभावशाली नेतृत्वको खडेरी पर्नुले जनता वैकल्पिक शक्तिको आगमनको पर्खाइमा रहेको बताउँदै त्यो आवश्यकता पूर्ति गर्न आफूहरु अभ्यासरत रहेको पनि बताउनु भयो ।

वरिष्ठ नेता तिलक थापाले नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै देशभर जनताको भरोसायोग्य पार्टी बनाउने कार्य गर्न आह्वान गनुृभयो ।

पार्टी सचिब तथा तीन नम्बर प्रदेश इन्चार्ज मेघबहादुर खत्रीले आन्तरिक र बाह्य सकारात्मक र नकारात्मक पक्षलाई ख्याल गर्दै पार्टी र क्रान्तिलाई अगाडी बढाउन एक साथ हुनु पर्ने बताउनु भयो । त्यसैगरी पार्टी सचिब अरुण घिसिङले आफ्नो पार्टीका पूर्व-अध्यक्ष गोपाल किराँतिले माक्र्सवादी विचार सिद्धान्तलाई परित्याग गरी बुद्ध धर्ममा मिसाएर पार्टी र क्रान्तिलाई धोका दिएको आरोप लगाउनु भयो ।

नेकपा क्रान्तिकारी (वैद्य)का केन्द्रीय सदस्य जीवन थापा, नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य कृष्णहरि भट्ट, नेकपा मालेका केन्द्रीय सदस्य दिनेश खाति, राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सचिब शिबहरि खनाल, नेकपा माओवादी र नेकपा वोल्सेभिकका प्रतिनिधी गरी ६ वटा पार्टीका प्रतिनिधिहरुले निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । सो कार्यक्रममा नेकपा क्रान्तिकारीका बैकल्पिक केन्द्रीय सदस्य गणेश गोतामे नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी अध्यक्ष बुढाथोकी लगायतले बधाई तथा शुभकामना दिनुभयो ।

भेलाले उपाध्यक्षमा रामप्रसाद मैनाली र धरेन्द्र लामा, सचिवमा योगेश राल्फाली, मिना चन्द, भरत तुलाधर र रमेश थपलिया लगायत ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सो कार्यक्रम प्रदेश समितिका नि-वर्तमान सचिव कपिल सिजापतिले सञ्चालन गर्नुुभएको थियो ।

Facebook Comments