Thu. May 14th, 2026

एएफसी एसियन कप छनोटः पहिलो हाफमा बराबरी   

       

काठमाण्डू ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले भियतनामलाई खेलको पहिलो हाफसम्म १–१ को बराबरीमा रोकेको छ ।

भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा जारी खेलमा पहिलो अग्रता भने भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।

त्यस्तै, खेलको १७औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित बनेको छ । भियतनामको गोल अवसरमा बाधा पुर्‍याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको हो ।

Facebook Comments