Mon. May 25th, 2026

सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड

       
काठमाण्डू । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबा सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ उचाइ कायम गरेको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Facebook Comments