Fri. Mar 21st, 2025 07:37:25

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जलवायु अपेक्षा शिखर सम्मेलनलाई सम्बोधन

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जलवायु अपेक्षा शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।

“जलवायु परिवर्तनको सम्बन्धमा विश्व प्रतिक्रियाको नयाँ यात्राको उद्घाटन” शीर्षकमा  राष्ट्राध्यक्ष सी चिनफिङले  शनिवार महत्वपूर्ण सम्बोधन गर्नुभएको हो ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले सहयोगको नयाँ परिस्थिति सिर्जना गर्ने र विन-विन जलवायु शासनको निर्माण गर्ने, जलवायु प्रशासनको नयाँ प्रणाली निर्माण गर्ने, हरित पुनर्वहाली मौसम प्रशासनको नयाँ सोचलाई पछ्याउने र चीनले श्रृंखलावद्ध नयाँ उपायहरूको घोषणा गर्ने प्रस्ताव गर्नुभयो।

सीआरआईका अनुसार पाँच वर्ष अघि जलवायु परिवर्तनको सामना गर्नका लागि विभिन्न देशका नेताहरूले सबैभन्दा ठूलो दृढ राजनीतिक संकल्प र विवेक प्रयोग गर्दै “पेरिस सम्झौता”मा हस्ताक्षर गरेको बताउँदै सीले ५ वर्षदेखि “पेरिस सम्झौता” कार्यान्वयन चरणमा प्रवेश गरेको बताउनु भयो ।  यस विषयमा  अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन र सहभागिता प्राप्त भएकोमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

 चीनले “पेरिस सम्झौता” हस्ताक्षरमा महत्वपूर्ण योगदान पुर्‍याएको सुनाउँदै राष्ट्राध्यक्ष सीले  “पेरिस सम्झौता” कार्यान्वयनको सक्रिय अभ्यासमा जोड दिनुभयो। उहाँले भविष्यमा जलवायु परिवर्तनप्रति विश्वव्यापी प्रतिक्रियामा चीनले अझ बढी योगदान पुर्‍याउने कुरामा पनि जोड दिनुभयो।

Facebook Comments