अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली
नवनियुक्त अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल मङ्गलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाण्डू । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उहाँलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ । पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
राससका अनुसार पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेनजी’को प्राथमिक माग भएकाले त्यसैअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्इक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।

