Wed. May 13th, 2026

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार-विमर्शमा रहेको जानकारी

       

काठमाण्डू ।

 राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ  मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचारविमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराउनुभएको  

उहाँले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन  संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको   रासस

Facebook Comments