अमेरिकासँगको व्यापार वार्तामा घुँडा नटेक्ने दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाको भनाइ
केप टाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो सरकारले निष्पक्ष व्यापार र लगानी सम्झौता सुनिश्चित गर्न अमेरिकासँग सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।
मङ्गलबार दिउँसो संसद्मा प्रश्नको जवाफ दिँदै रामाफोसाले सांसदहरूलाई भन्नुभयो, “दक्षिण अफ्रिकी सरकारका प्रतिनिधिहरू अहिले थप औपचारिक वार्ताका लागि संयुक्त राज्य अमेरिकामा छन्।”
“हाम्रा नागरिक सरकारको दृष्टिकोणबाट पूर्ण रूपमा उत्साहित छन्,” उहाँले भन्नुभयो, “व्यापार, उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धमामिला मन्त्रीहरू छलफललाई अगाडि बढाउन उनीहरूसँग सामेल हुनेछन्।”
“उनीहरूले प्रशासनका प्रतिनिधिहरू, विधायकहरू, व्यापारिक व्यक्तिहरू र अन्यसहित धेरै सरोकारवालाहरूसँग भेट गरिरहेका छन्,” उहाँले थप्नुभयो ।
राष्ट्रपति ट्रम्पले अमेरिकासँग निरन्तर वार्तामा संलग्नताको उद्देश्य पारस्परिक लाभको व्यापार र लगानी सम्झौता सुरक्षित गर्नु रहेको उल्लेख गर्दै सरकारले निर्यातकर्ता, आयातकर्ता, ट्रेड युनियन र निजी क्षेत्रसँग परामर्श गरेर वार्ताको मार्ग रोजेको उल्लेख गर्नुभयो ।
“हाम्रो विकल्पले हामी के प्राप्त गर्न चाहन्छौं भनेर सूचित गर्दछ । हाम्रो उद्देश्य सकेसम्म संयुक्त राज्य अमेरिकामा निर्यात जारी राख्नु हो, र कम्पनीहरूलाई पनि संयुक्त राज्य अमेरिकामा लगानी गर्न सक्षम पार्नु हो, हामीले अमेरिकी कम्पनीहरूलाई पनि देशमा लगानी गर्न लगाउने पहल जारी राख्नेछौँ ।” रामाफोसाले भन्नुभयो ।
उहाँले भन्नुभयो, “दक्षिण अफ्रिकाले देशको खनिज सम्पत्ति र प्रशोधन क्षमतालाई औँल्याउँदै महत्त्वपूर्ण लाभका लागि वार्तामा प्रवेश गरेको छ।”
उहाँले भन्नुभयो, “हामी अहिले संयुक्त राज्य अमेरिकासँग जुन छलफल गरिरहेका छौं, त्यो पनि दक्षिण अफ्रिकासँग भएका महत्त्वपूर्ण खनिजहरू र ती खनिजहरूलाई प्रशोधन गर्ने हामीसँग भएको क्षमताको वरिपरि रहेको छ ।”
रामाफोसाले भन्नुभयो, “अमेरिकी प्रशासन कहिलेकाँही ‘अप्रत्याशित’ र ‘प्रतिशोधात्मक’ हुन सक्छ, तर वार्ताको माध्ययमले सकारात्मक परिणाम दिनेछ।”
रामाफोसाले भन्नुभयो, “यो एक रणनीति हो जुन हामीले रोजेका छौँ, वार्तामा संलग्नताको रणनीतिले हामीलाई लाभ हुने विश्वास छ र यसले परिणाम दिनेछ । कहिलेकाँही अमेरिकी प्रशासन अप्रत्याशित हुन्छ र प्रतिशोध लिन्छ तर हामी उसँग याचना नगरी, घुँडा नटेकी व्यापार वार्तालाई सफल बनाउनेछौँ ।”
उहाँले आफ्नोृ भनाइलाई जोड्नुभयो, “हामीले भनेका छौँ । हामी दादागिरी गर्दैनौँ। हामी सार्वभौम देशको रूपमा उभिनेछौँ र वार्ता गर्नेछौँ र दक्षिण अफ्रिकाको लागि उत्तम सम्झौता प्राप्त गर्नेछौँ।” सिन्ह्वा

