Tue. May 12th, 2026

पत्रकार रमेश हतुवालीमाथि हातपात, मोवाईल पनि डढाईयो

सञ्चारकर्मी रमेश हतुवाली

       

भिओके समाचार/ विराटनगर । आन्दोलनरत जेनजी युवाहरूको समूहले आज विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालन गरिरहेको आन्दोलनको समाचार शंकलन गर्ने क्रममा रे टेलिभिजनका वरिष्ठ समाचार तथा कार्यक्रम संयोजक रमेश हतुवालीमाथि केही उत्सृखल व्यक्तिहरुले हातपात गर्दै उहाँले प्रयोग गर्नुभएको Huawei मोवायल समेत जलाई दिएका छन् ।

आन्दोलनको समाचार र भिडियो शंकलन गर्ने क्रममा हतुवाली माथि विराटनगर महानगरपालिकाको कार्यालय परिषरभित्र सो हातपात भएको हो । उहाँले पटक पटक आफू सञ्चारकर्मी भएको र समाचार शंकलन गर्न आएको बताए पनि उनीहरुले हातपात गर्दै भिडियो खिच्ने अनुमती नभएको भन्दै मोवाइल भिडियो रेकर्ड गरिरहेको मोवायल खोसेर जलाई दिएका हुन् । मोवायल खोस्ने क्रममा उनीहरुले हतुवालीलाई पटक पटक लछार पछार समेत गरेका थिए ।

स्थानीय महेन्द्र चोक, देवकोटा चोक, कोशी प्रदेश संसद भवन लगायतका क्षेत्रमा भएका आन्दोलनको समाचार शंकलन पुरा गरेर विराटनगर महानगरपालिका पुग्नु भएका पत्रकार हतुवालीमाथि सो आक्रमण भएको हो ।

पत्रकार हुतवाली भ्वाईस अफ काठमाण्डू अनलाईन पत्रिकाका सम्पादक, पत्रकला साप्ताहिक पत्रिकाका अतिथि सम्पादक हुनुहुन्छ भने उहाँ कोशी एफ.एम.विराटनगरका पूर्व कार्यक्रम निर्देशक, सप्तरंगी एफएम दमकका पूर्व प्रबन्ध निर्देशक र चिनियाँ अन्तर्राष्ट्रिय  रेडियो सीआरआईका पूर्व नेपाल सम्वाददाता पनि हुनुहुन्छ ।

पत्रकार हतुवाली फ्रन्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष समेत हुनुहुन्छ ।

Facebook Comments