Tue. May 12th, 2026

पूर्वी कङ्गोमा विद्रोही आक्रमण : रातभरमै कम्तीमा ६० जनाको मृत्यु 

       

गोमा (कङ्गो) । पूर्वी कङ्गोमा इस्लामिक–राज्यसँग सम्बद्ध विद्रोही समूहले रातभर गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

उत्तरी किभुको न्टोयोमा बासिन्दाहरू चिहानमा भेला भएका बेला एलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) ले हमला गरेको जनाइएको छ ।

“एडिएफको आक्रमणमा करिब ६० जनाको ज्यान गयो, तर अन्तिम सङ्ख्या आज साँझ पछि मात्रै आउँछ, किनभने भर्खरै टाउको काटिएका मानिसहरूको सङ्ख्या गणना गर्न सेवाहरू तैनाथ गरिएको छ”, लुबेरो क्षेत्रका स्थानीय प्रशासक कर्नल एलेन किवेवाले एसोसिएटेड प्रेसलाई भन्नुभयो ।

एकजना बचेकी महिलाले भनिन्, “तिनीहरूमध्ये करिब १० जना थिए । मैले मुख ढाकेका उनीहरू देखेँ । उनीहरूले मानिसहरूलाई एउटै ठाउँमा भेला हुन भने र काट्न थाले । मैले चिच्याउने आवाज सुनेँ र अन्त्यमा बेहोस भएँ ।” उनले प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गरिन् । एपी

Facebook Comments