Tue. May 26th, 2026

युक्रेनका पूर्व सभामुखको गोली हानी हत्या   

       

किएभ । युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार एक सांसदको गोली हानी हत्या गरिएको छ ।

सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गर्नुभएको छ ।

जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरीका अनुसार ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सन् २०१६ देखि सन् २०१९ सम्म संसदको सभामुख रहेका पारुबी सन् २००४ को युरोप समर्थित ‘ओरेन्ज रिभोलुसन’ र सन् २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक हुनुहुन्थ्यो । एएफपी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read