Tue. May 26th, 2026

अफगानिस्तानको नङ्गरहारमा आकस्मिक बाढीका कारण ५ जनाको मृत्यु, ८ घाइते     

       

काबुल । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

सरकारी समाचार संस्था बख्तरका अनुसार शुक्रबार नङ्गरहारको रोटाट, हास्का मिना र चपरहार जिल्लामा बाढीको स्थिति उत्पन्न भएको हो ।

नंगरहारका सूचना तथा संस्कृति विभागका प्रमुख मौलवी सदीकुल्लाह कुरैशीले बाढीका कारण हजारौं एकड खेतीयोग्य जमिन बगाएको बताउनुभएको छ । “साथै, कयौँ सडक तथा सिँचाइ नहरहरूमा गम्भीर क्षति पुगेको छ ।”

यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका बाढीका कारण जनधनको ठूलो क्षति भएको थियो ।  सिन्ह्वा

Facebook Comments