प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काठमाण्डू । प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ ।
प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । रासस
Facebook Comments

