Sat. Jul 27th, 2024

कोरोना महामारीको पृष्ठभूमिमा पनि चीन चौतर्फी रुपमा गरिबी मुक्त

काठमाडौं, २०७७ मंसिर २० गते शनिबार

चीनका सर्वोच्च नेता सी चिन फिङले आठ वर्षसम्मको अथक प्रयासपछि चीनले समयमै नयाँ युगमा गरिबी मुक्तिको उद्देश्य पूरा गरेको बताउनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी कमिटीले डिसेम्बर ३ तारिख आयोजना गरेको बैठकलाई सम्बोधन गर्नुहुँदै नेता सी ले सो विचार व्यक्त गर्नुभएको हो । नेता सीले वर्तमान मापदण्डमा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न जनसंख्या सम्पूर्ण रुपमा गरिबी मुक्त भएका र दश करोड विपन्न जनसंख्यालाई गरिबी मुक्त गराएको जानकारी दिनुभयो ।

सीआरआईका अनुसार चालू वर्षको नोभेम्बर २३ तारिख क्वै चौ प्रान्तले आफ्ना नौ वटा जिल्लालाई गरिबीबाट मुक्त गराएको घोषणा गरेको थियो। सोही बेलादेखि क्वै चौ प्रान्तका ६६ वटा विपन्न जिल्ला चौतर्फी रुपमा गरिबी भुक्त भइसकेका छन्। यो उपलब्धिपछि चीनका ८३२ वटा गरिब जिल्ला चौतर्फी रुपमा गरिबीबाट मुक्त भएका छन्। असामान्य वर्ष २०२० मा चीनले समयमै गरिबी मुक्त जिम्मेवारी पूरा गरी चीन सरकारका दृढ संकल्प अभिव्यक्त गरेको छ। जसले विश्वको गरिबी निवारण कार्यको विकासलाई प्रभावकारी रुपमा अघि बढाउनेछ।

सन् २०२० विश्वका लागि गंजागोल वर्ष हो। कोरोना महामारीबाट पुगेको ठूलो प्रभावमा चीनले विविध कठिनाइलाई जितेर समयमै सम्पूर्ण गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गराएको कुरा महत्वपूर्ण छ। चीनलाई सधैं आरोप लगाउने अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले पनि चीनको यस्तो उपलब्धिको प्रशंसा गर्दै कुनै पनि देशले चीन जस्तै अरु बढी व्यक्तिहरुलाई गरिबीबाट मुक्त गर्न नसक्ने बताउनुभएको छ।

Facebook Comments