Tue. Apr 28th, 2026

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन   

नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन जनकपुर, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाममा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्नुहुँदै। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

       

जनकपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।

मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधासम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो ।

यसअघि आफ्नो भवन नभएकाले मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो । जनकपुरधाम वडा नंं ४ स्थित नवनिर्मित भवन सञ्चालनमा आएपछि मधेस प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको छ ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गर्नुभएको सो भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले तोकिएको समयसीमा भित्रै तयार गरेको थियो ।

Facebook Comments