Sat. Jul 27th, 2024

एकै दिन देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पताल शिलान्यास

काठमाडौं, २०७७ मंसिर १५ गते सोमबार

देशैभरी एकै दिन ३ सय ९६ वटा अस्पताल शिलान्यास हुने कार्यक्रम अन्र्तगत विभिन्न जिल्लाहरुमा अस्पताल निर्माणको लागि शिलान्यास भएका छन् ।
आज सोमबार मात्रै तीनसय दुईवटा अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न भइसकेका छन् ।

जनताले देख्ने गरी सरकारले काम गरेको छ – स्वास्थ्य मन्त्री ढकाल

यसै क्रममा चितवनको भरतपुर केन्द्रीय अस्पतालमा सरुवा रोग सेवा भवनको शिलान्यास गर्नुहुँदै स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले जनताले देख्नेगरी सरकारले काम गरेको बताउनुभएको छ ।

अव देशका हरेक पालिका अस्पताल विहिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘जनताको खुला आँखाले विकास देख्नेछन्, हरेक पालिकामा शैयासहितको अस्पताल निर्माण हुनेछ ।’ आज हुन नसकेका शिलान्यास कार्यक्रमलाई मंसिर महिना भित्रको समय सीमा उपलब्ध गराइनेछ । यदी त्यो समयमा पनि शिालान्यास हुन सकेन भने यो वर्ष ती अस्पताल निर्माण हुनेछैन । त्यसैले त्यहाँको बजेट निर्माण हँुदै गरेका अन्य अस्पतालमा लगाइनेछ मन्त्री ढकालले भन्नुभयो ।

सरकारले एकै दिन शिलान्यास गरेको अस्पतालको लागि पहाडमा नौ रोपनी र तराईका जिल्लामा कम्तीमा १४ कठ्ठा जमिनको मापदण्ड लगाएको छ । यो मापदण्डमा निर्माण गर्नुपर्नेछ । यदी जग्गा प्राप्त गर्नलाई केही जटिलता भए स्थानीय पालिकाको सिफारिसमा मन्त्रलायले समन्वय गरेर भूमि मन्त्रालयमा प्रकृया पूरा गराएर मन्त्रीपरिषदको निर्णयले समस्यालाई समाधान गर्नेछौैं, मन्त्री ढकालले भन्नुभयो । अव हामी अलमलमा पर्ने छैनौ विकासलाई द्रुत गतिमा लैजाने छौ उहाँको भनाइ थियो ।

मन्त्री ढकालले महामारीको यो चपेटामा पनि आफ्नो आर्थिक हैसियतले जनतालाई उत्कृष्ट सेवा दिन सफल भएको बताउनुभयो । आर्थिक रुपले सम्पन्न देशहरुले पनि राम्रो सेवा दिन नसकेको अवस्थामा नेपाल जस्तो गरीव देशले राम्रो सेवा दिएर सफल भएको दावी गर्नु भयो । उहाले विश्व स्वास्थ्य संगठनले खोपको सिफारिस गर्ना साथ नेपालमा खोप ल्याएर जनतालाई दिन तयारी अवस्थामा सरकार रहेको जानकारी दिनु भयो । विश्वको कुनैपनि मुलुकमा खोपको सुरु हुने वितिकै नेपालमापनि आउन यसमा जनता ढुक्क भएर बस्न आग्रह गर्दछु मन्त्री ढकालले भन्नु भयो । उहाले भन्नु भयो सुरुको अवस्थामा भन्दा अहिले सरकारले धेरै प्रगति गरेको भन्दै कोभिड ल्याब अहिले विभिन्न ७६ स्थानमा स्थापना भएको र एकै दिनमा ३० हजार भन्दा धेरैलाई परीक्षण गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिनु भयो । अहिले कुल जनताको ६ प्रतिशतलाई परीक्षण गरिसकेको उहाँको भनाइ थियो । अहिले निर्माण हुन लागेको प्रत्येक प्रदेशमा ५० शैयाँको अस्पतालको प्रयोगशाला टेकुको केन्द्रीय प्रयोगशाला सरह विश्वसनीय हुने बताउनु भयो ।

सोमबार शिलान्यास भएको भवन निर्माणको समय सीमा एक वर्षको रहेको छ । जिललाको तीन स्थानीय पालिकामा सोमबार नयाँ अस्पताल भवन निर्माणको लागि सिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाको भरतपुर अस्पतालमा ५० शैयाको सरुवा रोग सेवा भवन निर्माण र इमरजेन्सी भवन, राप्ती नगरपालिकाको भण्डारामा ११ करोडको लगानीमा १० शैयाको र खैरहनी नगरपालिकामा १८ करोडको लगानीमा १५ शैयाको भवनको लागि बजेट परेको हो ।

जिल्लाको भरतपुर अस्पतालमा बहुवर्षे कार्यक्रम अन्तरगत ५० शैयाको आधुनिक प्रयोगशाला सहित सरुवा रोग भवन र र ५० शैयाकै इमरजेन्सी भवन, राप्ती नगरपालिकामा सिलान्यास भएको छ । खैरहनी नगरपालिकामा भने जग्गाको अभावमा सोमबार सिलान्यास हुन सकेन । खैरहनी नगर प्रमुख लालमणी चौधरीले जग्गा खोजीका क्रममा रहेकाले सोमबार सिलान्यास हुन नसकेको जानकारी दिनु भयो । जग्गा प्राप्तीपछि शिलान्यास गर्ने बताउनुभयो । कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भरतपुर अस्पतालको विकास र सम्भावनाका विषयमा मन्तव्य राख्नु भएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments