Sat. Jul 27th, 2024

भारतले क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्नुपर्नेः चीनको भनाई

काठमाडौं, २०७७ मंसिर १२ गते शुक्रबार

भारतले क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्नुपर्नेमा चीनले जोड दिएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता रन कोछ्याङले बिहीबार पैचिङमा बोल्दै भारत र चीनले एउटै दिशातिर अघि बढ्दै सदिच्छापूर्ण धारणा तथा सक्रिय कार्वाहीमार्फत् आपसमा हासिल भएका मतैक्यताको कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । साथै वहाँले क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार हाल चीन तथा भारतको सिमा क्षेत्रको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको छ । यसै महिना नोभेम्बर को ६ तारिखमा चिनियाँ तथा भारतीय सेना बीच आठौं सेनापति स्तरिय वार्ता आयोजित भएको थियो। यसबारे चर्चा गर्दै प्रवक्ता रनले भन्नुभयो, ‘सैनिक तथा कूटनैतिक तवरले भारतसँग सम्पर्क राख्ने इच्छा चीनले लिएको छ।’

Facebook Comments