Tue. May 7th, 2024

चीन-नेपाल रेलवे सहयोग सम्बन्धि छैठौं कार्य सम्मेलन आयोजित

काठमाडौं, २०७७ मंसिर १२ गते शुक्रबार

चीन राष्ट्रिय रेलवे व्यूरोका उपप्रमुख आन लुशङ तथा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठको संयुक्त तत्वावधानमा भिडियो कन्फ्रेन्समार्फत् चीन-नेपाल रेलवे सहयोग सम्बन्धि छैठौं कार्य सम्मेलन आयोजित भएको छ।

चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार बिहीबार सम्पन्न सो भिडियो कन्फ्रेन्समा चीन-नेपाल अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कार्यबारे छलफल गरिएको साथै रेलमार्ग सम्बन्धि प्राविधिक आदानप्रदान तथा तालिम लगायत सहयोगबारे पनि वैचारिक आदानप्रदान भएको छ। भिडियो कन्फ्रेन्समा चीनका तर्फबाट चीनको परराष्ट्र मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार समिति, यातायात तथा ढुवानी मन्त्रालय र नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतका सम्बद्ध पदाधिकारीहरूले भाग लिएका छन्।

Facebook Comments