भारतद्वारा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्सको प्रयोग निषेध, आपसी सहयोगमा अझ ठूलो क्षति पुर्याउने चीनको चेतावनी
![](https://voiceofkathmandu.com/wp-content/uploads/2020/11/india_china_dp.jpg)
काठमाडौं, २०७७ मंसिर १० गते बुधबार
भारतले ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्सको प्रयोगको निषेध गरेको छ । भारतको यस्तो भेदभावपूर्ण कदमलाई तुरून्तै सच्याउनुपर्ने अन्यथा आपसी सहयोगमा अझ ठूलो क्षति पुर्याउने चीनले चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले नभेम्बर २५ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो विचार व्यक्त गर्नुएको हो।
चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार चालू वर्षको जुनदेखि यता, भारतले लगातार ४ पटक गरी राष्ट्रिय सुरक्षाको निहुँमा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्स प्रयोगमा निषेधात्मक कदम चालेको छ। यस्तो कार्वाही बजारको सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम विपरित भएको स्पष्ट देखिन्छ र चिनियाँ व्यवसायको वैधानिक हक-अधिकारमा गम्भीर क्षति पुर्याइसकेकोले चीनले यसको कडा विरोध गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउले जनाउनुभएको छ। बजारको सिद्धान्तको पालना गर्दै चिनियाँ व्यवसाय लगायतका अन्तर्राष्ट्रिय लगानीकर्ताको वैधानिक हक-अधिकारको संरक्षण गर्ने जिम्मा भारत सरकारसँग रहेको पनि उहाँले दाबी गर्नुभएको छ।