नाग पोखरीमा मेला, दूधले अभिषेक गरी पूजा
eQmk'/, !# ;fpg M eQmk'/ gu/kflnsfl:yt gfu kf]v/Ldf cfh gfu k~rdLsf] cj;/df gfusf] d"lt{df ufO{sf] b"wn] cleif]s ub}{ :yfgLojf;L . k|To]s jif{ ;fpg z'Sn k~rdL cyf{t gfu k~rdLsf lbg oxfF d]nf nfUg] ub{5 . tl:k/ M /d]z lu/L, /f;;
भक्तपुर । भक्तपुरको नाग पोखरीमा नागको पूजा र दूधले अभिषेक गरिएको छ । भक्तपुर नगरपालिकास्थित पोखरीकोबीच भागमा नागको मूर्ति रहेको छ । यहाँ प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन अर्थात् नाग पञ्चमीका दिन मेला लाग्दै आएको छ ।
यसपटक पनि सोही नागमा पूजा गरी दूधले अभिषेक गरिएको हो । भक्तपुरवासीले यहाँको नागको पूजा गरी मेला भर्दै पञ्चमी मनाएका छन् ।
यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका छन् । रासस

