Sat. Apr 27th, 2024

पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना पुष्टि, २८५८ जना कोरोनामुक्त

काठमाडौं, २०७७ मंसिर ४ गते बिहीबार

नेपालमा  बिहीबार थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६ सय ३८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ८सय ५ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ३३ हजार ५ सय ५९ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

Facebook Comments