Sun. Jun 14th, 2026

भगवान शिव चाम्लिङ हुन सक्ने प्रधानमन्त्री ओलीको धारणा

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाण्डूमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

       

काठमाण्डू, २०८२ असार २३ गते सोमबार । प्रधानमन्त्री ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताउनु भएको छ । नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आज काठमाण्डूमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

शिवजीले खेलेका ओडारहरुलाई अहिले हलेसी भन्ने गरिएको ओलीले बताउनु भयो । हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको बताउँदै भगवान शिव पनि चाम्लिङ हुनसक्ने प्रधानमन्त्री ओलीको अनुमान छ । तर आफूले यस विषयमा दाबी भने नगरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वेदव्यास यहीँ तनहुँका थिए । कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए । सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरु जसलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की के हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो । शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

Facebook Comments

सम्बन्धित समाचार