प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बहिनी कौशल्याबाट भाइटीका ग्रहण
काठमाडौं, २०७७ मंसिर १ गते सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कैशल्या कोइरालाको हातबाट तिहारको भाइटीका लगाउनु भएको छ । उहाँले सरकारी निवास बालुवाटारमा भाउजु राधिका शाक्यलाई पनि टीका लगाइदिनु भएकाे थियाे ।
कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । साेही अवसरमा प्रधानमन्त्रीले बहिनी काैशल्यालाई पनि टीका लगाइदिनु भएकाे थियाे । गोरखापत्र अनलाईनबाट
Facebook Comments