Sat. Jul 27th, 2024

भाइटीकाको उत्तम साइत, ११ बजेर ३७ मिनेट

फोटो राईजिंग नेपाल

काठमाडौं, २०७७ मंसिर १ गते सोमबार

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

आज टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

११ बजेर ३७ मिनेटमा टिका लगाउने उत्तम साइत भएपनि दिनभरी लगाउन सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनु भयो ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज  पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

नेपाल लाईभ अनलाईनका अनुसार तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

Facebook Comments