Sun. May 19th, 2024

कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार

काठमाडौं, २०७७ कात्तिक २९ गते शनिबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्नुु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गोरखापत्र अनलाईनका अनुसार कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उहाँले बताउनुभयो । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उहाँले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताउनुभयो ।

कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । सञ्चार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments