Wed. May 6th, 2026

पुटिन युक्रेनको ‘आत्मसमर्पण’ चाहनुहुन्छ : जर्मन विदेशमन्त्री   

       

 फ्रयाङ्कफर्ट, जर्मनी, २०८२ असार १६ गते सोमबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण गरोस् भन्ने चाहेको जर्मनीका उच्च कूटनीतिज्ञले सोमबार बताउनुभएको छ ।

तीन वर्षभन्दा लामो युद्ध अन्त्यका लागि रोकिएको शान्ति वार्ताबीच ‘पुटिनले आफ्ना कुनै पनि अधिकतमवादी मागलाई त्याग्न तयार भइरहनुभएको छैन । उहाँ वार्ता चाहँनुहुन्न, यूक्रेनको आत्मसमर्पण चाहनुहुन्छ,” जर्मनीका विदेशमन्त्री जोहान वेडफुलले युक्रेनको राजधानी किएभको अघोषित भ्रमणका क्रममा भन्नुभयो ।

“युक्रेनको स्वतन्त्रता र स्वाधिनता विदेश र सुरक्षा नीतिको सबैभन्दा महत्वपूर्ण कार्य हो,” वेडफुलद्वारा हस्ताक्षरित जमनीको विदेश मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभयो, “रुसले लाखौं अतिरिक्त जीवनको मूल्य चुकाएर पनि हाम्रो समर्थन कमजोर पार्ने कुरामा सट्टेबाजी गरिरहेको छ र कुनै पनि मूल्यमा विजय हासिल गर्न चाहन्छ र आत्मसमर्पण गराउन चाहन्छ,।” एएफपी

Facebook Comments