Sun. Apr 19th, 2026

सिचाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

- नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष

       

रमेश हतुवाली/काठमाण्डू, २०८२ असार ७ गते शनिबार । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि काठमाण्डूमा साताव्यापी सिचाङ सांस्कृतिक सप्ताह सुुरु भएको छ ।

‘सिचाङ मिडिया गु्रप’द्वारा आयोजित सो सप्ताहको राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र सिचाङ अर्थात तिब्बत अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना, कार्यक्रमबाट दुई देशबीचको जनस्तरको सम्बन्ध सुद्धढ हुने राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको भनाइ ।।

सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष घिमिरेले नेपाल–चीन सम्बन्ध केबल कूटनीतिक सीमाभित्र सीमित नभएर यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको जानकारी दिनुभयो । ‘एक चीन’ सद्धान्तप्रति नेपालको आफ्नो प्रतिबद्धता रहेको उपाध्यक्ष घिमिरेको भनाइ छ ।

विमला घिमिरे, उपाध्यक्ष, राष्ट्रिय सभा

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जनवादी गणतन्त्र चीन जनताको आकांक्षा अनुरुप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार र सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिनुभयो ।

सिचाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झाङ्गिँदै गएको बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको बताउनुभयो ।

उद्घाटन समारोहमा विविध सांस्कृतिक कार्यक्रमका साथै सिचाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिचाङसँग सम्बन्धित तस्बिर पनि प्रदर्शन गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार