Sun. Dec 22nd, 2024

नेपाली भूभागमा भारतले राखेको बोर्ड विद्यार्थीले हटाए

इलाम, २०७६ मंसिर १ गते आईतबार ।

भारतले नेपाली भूभागहरुलाई आफ्नो नक्शामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियू इलामले शनिबार सन्दकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा निषेधित क्षेत्र लेखेको बोर्ड उखालेर फ्याकेका छन् । एसएसबीले सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा उक्त बोर्ड राखेको थियो ।


यसरी नै विद्यार्थीहरुले भारत विरोधी नारा जुलुस गर्दै नेपाली झण्डा गाडेका छन् । प्रदर्शनको क्रममा एसएसबीसँग सामान्य धडपसमेत भएको विद्यार्थी नेता दिनेश ढकालले जानकारी दिनुभयो ।

सरलपाटी अनलाईनका अनुसार गत वर्ष सन्दकपुर गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो । सो स्थानमा पनि विद्यार्थीहरुले नारा जुलुससहित नेपाली झण्डा फहराएका छन् ।

Facebook Comments