Tue. Apr 1st, 2025 11:55:13

देशलाई ‘विभाजित हैन, एकताबद्ध पार्ने’ नव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडनको प्रतिबद्धता

- अमेरिकी निर्वाचन, २०२०

काठमाडौं, २०७७ कात्तिक २३ गते आईतबार

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिवार बोल्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७।४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए।

“म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,” उनले भने।

“म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,” उनले भने, “जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।”

विविसी नेपाली सेवाका अनुसार अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन्।

“म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,” उनले भने, “जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।”

अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन्।

 

Facebook Comments