Wed. May 1st, 2024

कोरोनाबाट २४ घण्टामा थप ३० जनाको ज्यान गयो, मृतकको कुल संख्या १ हजार ३४ पुग्यो

काठमाडौं, २०७७ कात्तिक १९ गते बुधबार

कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा सो संख्यामा मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको बताउनु भयो ।

पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।

Facebook Comments