Fri. Apr 26th, 2024

काभ्रे पोष्टका प्रधान सम्पादक चौलागाईको निधन

काठमाडौं, २०७७ कात्तिक १४ गते शुक्रबार

काभ्रेबाट प्रकाशन हुने काभ्रे पोस्टका प्रधान सम्पादक तथा श्रीकृष्ण मन्दिर आधारभुत प्रार्थमिक विद्यालयका प्रधान अध्यापक विष्णु प्रसाद चौलागाईंको आज बिहान ४ बजे निधन भएको छ ।

असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहनु भएका उहाँलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो।  ५१ वर्षीय चौलागाईंको सोही अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित हुनुहुन्थ्यो ।

उहाँको पुन कोरोना जाँच (पीसीआर) गर्दा रिपोर्ट नेगेटिभ देखिए पर्नि फोक्सोमा रहेको समस्याका कारण चौलागाईं अस्पतालमै उपचाररत हुनुहुन्थ्यो ।

उहाँ २२ वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुुहुन्थ्यो ।  काभ्रे चौंरी देउरालीमा जन्मिनु भएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।

मित्र विष्णु प्रसाद चौलागाईंलाई भावपूर्ण श्रद्धाञ्जली तथा शोकमा रहनु भएका परिवारजनमा हार्दिक समवेदना ।

Facebook Comments