Sun. May 24th, 2026

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

       

भिओके समाचार/काठमाण्डू, २०८२ जेठ १५ गते बिहीबार । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।

उहाँकी पत्नी बिमला महतको गएराति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । बिमलालाई स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार भइरहेको थियो ।

बिमलाको निधनमा उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारण साधारणले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

Facebook Comments