Sun. May 24th, 2026

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’   

       

काठमाण्डू, २०८२ जेठ २ गते शुक्रबार । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाण्डूआएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाण्डूबाट पश्चिमतर्फ उडेका विमान काठमाण्डूनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाटकाठमाण्डू उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर-काठमाण्डू उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाण्डूका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाण्डूबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाण्डू नै फर्किएको छ ।

त्यसैगरी काठमाण्डूबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाण्डू नै फर्किएको छ । श्री एयरलाइन्सकैकाठमाण्डू भैरहवा उडानको विमान पनि काठमाण्डू फर्किएको छ । सोही एयरलाइन्सको काठमाण्डूबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाण्डू फर्किएका छन् । बुद्ध एयरको काठमाण्डू-नेपालगञ्ज उडानको विमान पनि काठमाण्डूफर्किएको छ । काठमाण्डूमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ । रासस

Facebook Comments